‘घामपानी’ फेम दिपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरमा सिनेमाका ४ मुख्य कलाकार दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल तथा केकी अधिकारी अटाएका छन्। दिपक–दिपाको प्रस्तुति रहेको सिनेमामा दशैँ रिलिज हुने चर्चा चल्दै आएको भएपनि पोस्टरमा सोको घोषणा भएको छैन।
निर्देशक लामाकै कथा रहेको सिनेमामा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ।
जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको सिनेमामा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगीको सह निर्माण छ।