साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित सिनेमा ‘जीवन काँडा कि फूल’को ट्रेलर रिलिज भएको छ।
सिनेमा कात्तिक २२ गतेदेखि रिलिज हुनेछ।
ट्रेलरबाटै सिनेमाको रिलिज मिति घोषणा भएको हो। घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद भने मुक्ति उपाध्याय बरालले लेखेका हुन्।
सिनेमामा झमकको बाल्यावस्था र वयस्क अवस्थाको भूमिकामा क्रमशः अवस्था थापा र रोजिता बुद्धाचार्यले अभिनय गरेका छन्।
यस्तै, झमककी बहिनीको भूमिकामा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी आदिको अभिनय छ।