कात्तिक २९ देखि मंसिर २ सम्मका लागि धरानमा तय गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ।
निर्वाचन आयोगबाट जारी आचारसंहिता धरान उपमहानगरपालिका क्षेत्रमा पनि लागू हुने भएकाले हाललाई महोत्सव स्थगित गरिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
चलचित्र महोत्सवको नयाँ मिति पछि तय गरिने कार्यालयले जनाएको छ।