डक्स्कुलद्वारा आयोजित क्लिनिक डठ काठमाडौंको छैठौं संस्करण आगामी ३ देखि ८ डिसेम्बरसम्म काठमाडौंमा हुने भएको छ। कार्यशालामा नेपाल, म्यानमार, अफगानिस्तानलगायत दक्षिण एसियाका नौ देशका १० वटा वृत्तचित्र प्रोजेक्ट तथा ६ जना सल्लाहकार सामेल हुनेछन्।
क्लिनिक डट काठमाडौं नेपाली तथा दक्षिण एसियाली निर्देशकहरुका लागि सन् २०१४ देखि सुुरु भएको 'प्रोजेक्ट डेभलपमेन्ट' कार्यक्रम हो। हालसम्म क्लिनिक काठमाडौंको यो प्रोजेक्टबाट ३० भन्दा बढी फिल्मकर्मीले आफ्नो फिल्मको अवधाराणा परिमार्जन गर्दै अन्तिम रुप दिन सफल भइसकेका छन्।
क्लिनिक डट काठमाडौंले प्रत्येक वर्ष विभिन्न कार्यशाला आयोजना गरी फिक्सन तथा ननफिक्सन फिल्मको निर्देशन र पटकथा विकासमा सहयोग गर्दै आएको छ। फिल्म निर्माण प्रक्रियामा अवधारणात्मक र रचनात्मक सुझाव दिई निर्देशकलाई फिल्म र पटकथालाई राम्रो बनाउन अन्तर्क्रियात्मक ल्याबहरु आयोजना गरिने अन्तर्राष्ट्रिय अभ्यास हो। नेपालमा यस्तो वातावरण र अवसर बनाउन २०१४ देखि क्लिनिक डट काठमाडौं आयोजना गर्न थालिएको डक स्कुलका संस्थापक क्षितिज अधिराजले बताए।
यसपटकको क्लिनिक डकुुमेन्ट्री ल्याबमा नेपाल र श्रीलंकाकेन्द्रित रहने छ। यी दुवै देशमा यही वर्ष कार्यशालाहरु आयोजना गरिएका थिए। ती कार्यशालमा आएका प्रोजेक्टमध्येबाट छनौटमा परेका १० प्रोजेक्टलाई तीन महिनासम व्यक्तिगत सुझाव दिइृ परिमार्जनमा सहयोग गरिएको थियो। नेपाल र श्रीलंका दुवै देशमा व्यक्तिगत सल्लाहका लागि विज्ञहरुसहितको विशेष सेसनहरु आयोजना गरिएका थिए।
यस पटकको कार्यशालामा पनि फिल्म निर्देशन र निर्माण क्षेत्रका अनुभवी ६ जना अन्तर्राष्ट्रिय सल्लाहकार काठमाडौं आउने छन्। ल्याबमा सल्लाहकारका रुपमा जेलिग डकुमेन्ट्री स्कुल इटालीका हाइदी ग्रोउनर, क्यु फिल्म फेस्टिभल जकार्ताका संस्थापक तथा फिल्म प्रोग्रामर जोन बदालु, जर्जियाकी निर्देशक र सल्लाहकार सालोम जाशी, नेदरल्याण्डसका निर्देशक र सल्लाहकार अल्बर्ट एल्निङ र क्षितिज अधिराज छन्।
ल्याबमा निर्देशकहरु अभिमन्यु दिक्षित (चेजिङ रेन्बोसज), सचिन घिमिरे (पुन्टेको पाङ्ग्रो) र अस्मिता श्रीस(आन्टी गंगा) कार्यशालामा नेपाली सहभागी हुनेछन्। लाहेरु मधुशांका तथा लेखा एदिरेसिंघे, सामिरा सेथायाङ्गे र रिनोशन सुमिमान श्रीलंकाका सहभागी रहेनछन्।
मेन सिनेमा फेलोसिपका दुई महिला निर्देशकहरु पनि कार्यशालामा सहभागी हुनेछन्, जसमा बंगलादेशकी रयान साएमा र श्रीलंकाकी मधुभाषिनी रत्नायके छन्। सहभागीमध्ये एक जनालाई डक स्कुलले फ्रिडम फिल्म मेकर अवार्ड प्रदान गर्नेछ। अन्य सहभागीहरुले डकएज कोलकाता र आइएफएफआर रोटेरडममा छनौट हुने अवसर पाउने छन्।
पाली र दक्षिण एसियाका फिल्मकर्मीलाई अवधारणात्मक स्पष्टतासँगै एक अर्काको कामबाट सिक्न र सम्बन्ध विस्तार गर्नसमेत यो ल्याब उपयोगी प्लाटफर्म बनेको अधिराजले बताए।
समापन पीचमा सहभागीमा हुन चाहनेले डकल्याबको इमेल docskoolnepal@gmail.com मा आफ्नो स्थान अग्रीम सुरक्षित गर्नुपर्ने जनाइएको छ। ६ दिने कार्यशाला टेवा धापाखेलमा आयोजना हुनेछ।