युवा गायक शान भुसालको नयाँ गीत ‘तिमी मै हराए’ सार्वजनिक भएको छ।
भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन्।
गीतमा शब्द र संगीत पनि गायक भुसालकै छ।
गीतको एरेन्ज सनीरले गरेका छन्।
मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडिओलार्ई निसान घिमिरेले निर्देशन गरेका हुन्।
कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरेका हुन्।
सृष्टी खड्का र महेश खड्का फिचार्ड म्युजिक भिडिओमा मनोज लामा र महिको मेकअप,सुरेश काफ्लेको ड्रोन,बुद्ध थापाको छाया छायाँकंन रहेको छ।
यो गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।