कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह ‘मृत्युको अघिल्तिर’ प्रकाशित भएको छ।
शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्डगरी फरक फरक विषयका ३२ कविता संकलित छन्।
‘१५ वर्षपछि कविता संग्रह आएको छ निकै उत्साहित भएको छु’, मणिले भने, ‘प्रकाशकसँग सल्लाह गरी चाँडै विमोचनको मिति तय गरिने छ।’
टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह ‘आन्दोलनले छट्पटाएका कलमहरू’ २०४९ सालमा प्रकाशित भएको हो।
त्यसयता उनी कथा, निवन्ध र कविताको क्षेत्रमा सक्रिय छन्। उनका कथा र कविताका गरी पाँच कृति प्रकाशित छन्।
भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।
‘मृत्युको अघिल्तिर’ कविता कृतिको मूल्य दुई सय रुपैयाँ रहेको छ ।