शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित 'दिलको राजधानी' सार्वजनिक भएको छ। विन्दु परियार र विक्रम परियारको स्वर रहेको यो लोक गीतमा कृष्ण कंडेलको शब्द रहेको छ। यसमा राजेश बर्देवाले संगीत भरेका छन्।
विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो म्युजिक भिडिओ रमाइलो शैलीमा बनाइएको छ। भिडिओमा शिल्पा र दुर्गेशसँगै रविन्द्र तितुंगाको पनि अभिनय देख्न सकिन्छ।
म्युजिक भिडिओ प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादनमा तयार भएको हो। भिडिओ बिहिबार संगीतकार राजेश बर्देवाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।