प्रवासमा बसेर नेपाली गीत संगीतमा भविष्य खोजिरहेका गायक रमण रेग्मीको ‘मेसो पा छैन’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर अगाडि बढिरहेका रेग्मीले यसअघि पनि घर त लगनखेल जस्ता चर्चित गीतको रिमिक्स ल्याएका थिए।
तर यस पटक भने उनले केही फरक र अलग पहिचानमा लोक आधुनिक गीत मेसो पा छैन लिएर दर्शकस्रोता समक्ष आएका हुन्।
संगीतकार हरि लम्सालको रचना,संगीत र एरेन्ज रहेको उक्त म्युजिक भिडिओको निर्देशन गम्भिर विष्टले गरेका छन्।
गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ। सविना कुवर रेग्मीको प्रोडक्सन रहेको उक्त भिडिओमा कलाकारहरू पुष्प खड्का र उषा उप्रेतीले मोडलिङ गरेका छन्।
सिड्नीका वकिल खिलेन्द्र तिम्सिनाको डिएम लिगल फर्म र इन्स्टा एजुकेसनको प्रायोजन रहेको उक्त म्युजिक भिडिओको सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका हुन्।