नवीन भट्टको निर्देशनमा गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ।
आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेसिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाइ, बुझाइ गरी आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।
गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको यस गीतमा संगीत संयोजन अनि गितार मञ्जिल विक्रम केसीको रहेको छ भने कलाकारहरू सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन्।
गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन् भने भिडिओ सम्पादनको काम समेत निर्देशक नवीन भट्टले सम्हालेका छन्।
गीतलाई फोरक्युव इन्टरटेनमेन्ट्ले निर्माण गरेको हो। यस गीतको भिडिओलाई डिएआर मुभीको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।