भारतीय रियालिटी सो 'इन्डियाज बेस्ट डान्सर' सिजन १ को विजेता घोषणा भएको छ। गुरुग्रामका अजय सिंह यो सोका विजेता भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
अजयको स्टेज नाम टाइगर पप हो। 'इन्डियाज बेस्ट डान्सर' को स्टेजबाट उनी 'पपिङ स्टाइल' को नृत्यका लागि चर्चित छन्। विजेता घोषित भएसँगै उनी ट्रफी र भारु १५ लाख रकमबाट सम्मानित भएका छन्। उनले नगदबाहेक महँगो कारसमेत पाएका छन्। टाइगरसँगै काेरिओग्राफर वर्तिका झालाई नगद पाँच लाख भारुको चेक प्रदान गरिएको छ।
कार्यक्रमको फिनालेमा अजयसहित मुकुल गेन, स्वेता वारियर, परम्दिप सिंह र सुब्रनिल पल थिए। यी चार प्रतिस्पर्धीलाई उछिन्दै अजयले इन्डियाज बेस्ट डान्सरको उपाधि हात पारेका हुन्। कार्यक्रमको विजेता भोटिङ मार्फत चुनिएका हुन्।
उपाधि हात पारेसँगै अजयले आफ्नो बाल्यकालीन सपना पूरा भएका कारण औधि खुशी भएको टाइम्स अफ इन्डियालाई बताएका छन्।
अजयले अत्याधिक भोट पाएर पहिलो स्थान हात पारेका हुन्। मुकुल र स्वेताले क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे। कार्यक्रमको जजका रुपमा मलाइका अरोरा, कोरियोग्राफर गीता कपुर, टेरेस लिविस र अभिनेत्री नोरा फतेही थिए।