खुकुरी म्युजिक नेशनप्रतियोगिताको शिर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको छ
खुकुरी म्युजिक नेशनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल साँगीतिक प्रतियोगिता शुरुवात गरी शिर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक गरेको हो।
यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभाहरुलाई आफू स्वयम् र उनीहरुका प्रियजनहरुको समेत स्वास्थ्य सुरक्षा सुनिश्चित् गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर भएको द नेपाल डिष्टिलरिज प्रालिले जनाएको छ।
घोषित शिर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमित श्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग,दर्शिका रेग्मी, कुसुमगिरी, अशिम थापा, र जिग्मे बाङचुक रहेका छन् ।
प्रतियोगिताको लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीहरुले सहभागिता जनाएका थिए। शिर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो ।
यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि खुकुरी म्युजिक डट कम मा गएर भोट गर्न सक्नेछन् ।