बहुमुखी प्रतिभाका धनी हरिवंश आचार्य गायकका रुपमा पनि चर्चित छन्। 'साझा बसमा जो पनि चढ्दछ', 'सारंगी रेटौंला', 'हाम्री आमा सार्ह्रै नै बाठी छिन्' लगायत गीत चर्चित छन्। उनी हास्य-व्यंग्य शैलीला आफ्ना गीतमा सामाजिक-राजनीतिक विकृति चित्रण गर्न सिपालु छन्।
उनै हरिवंशको बुधबार दिउँसो 'एउटा कुरा छ' बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि हरिवंशकै छ।
हरिवंशले नेपालमा व्याप्त राजनीतिक भ्रष्टाचारलाई गीतको विषय बनाएका छन्। गीतको विषय राजनीतिक भए पनि प्रस्तुति रमाइलो छ। सामान बोक्ने रिक्शा गुडाउँदै धनी बनेको सपना देख्ने गरिब पात्रको कथा भनिएको गीतमा उनी आफैंले मुख्य भूमिका निर्वाह गरेका छन्।
सत्यदीप केसीको सिनेमेटोग्राफी रहेको भिडिओ निर्देशन सागर राज शर्माले गरेका हुन्। गीतको संगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरकेा छन्। गीतको भिडिओ महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो।