नयाँ सर्ट फिल्म ‘एक लभर’ युट्युबमा सार्वजनिक भएको छ। रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ मा नेपालका युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा पारेको असरलाई विषय बनाइएको छ।
आधा घण्टा लामो यो फिल्म 'राम्रो इन्टरटेण्टमेन्ट' ले निर्माण गरेको हो।
प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छिन्, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोड्छिन्। निर्देशक ज्ञवाली नेपालमा यस्तो खालको घटना नेपाली समाजमा यथार्थसँग मिल्ने बताउँछन्।
निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका फिल्म सार्वजनिक गरिसकेका छन्।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ।
राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन्। सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।
एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।