दिपक दिपाको ‘छ माया छपक्कै’ फिल्म युट्यूवमा सार्वजनिक भएको छ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायतको समूहले निर्माण गरेको फिल्म मंगलबार साँझ आमा अग्नी कुमारी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको हो ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय छ।
‘आदरणीय मित्रहरु, हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्यूबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनु भएको छ । धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ,’ कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।