अभिनेत्री सुरक्षा पन्तको प्रस्तुति रहेको म्युजिक भिडिओ 'मलाई सम्झनु' सार्वजनिक भएको छ। भिडिओमा सुरक्षासँगै विनोद अधिकारी मुख्य भूमिकामा छन्।
गायक प्रविन बेडवालको स्वरमा 'मलाई सम्झनु' बुधबार युट्युब च्यानल 'वर्डस् वर्ल्ड' बाट सार्वजनिक भएको हो। गीतमा अम्रिता नेपालले शब्द दिएकी छन्।
म्युजिक भिडिओमा विनोदले सुरक्षालाई सानै उमेरदेखि गरेको एकतर्फी प्रेम देखाएको छ। उनी सुरक्षालाई 'मैसाब' भन्छन्। भिडिओमा सुरक्षा र विनोदसँगै बाल कलाकार प्राप्ति अधिकारी र विशाल गुरुङको पनि प्रस्तुति छ।
सुरेश दर्पन पोखरेलको निर्देशनमा तयार भएको 'मलाई सम्झनु'लाई भरत रेग्मीले सम्पादन गरेका हुन्।