अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित 'ए मेरो हजुर ४' को शीर्ष गीत डोल्पाको शे–फोक्सुन्डो तालमा छायांकन गरिएको छ। शीर्ष गीत छायांकनका लागि शे–फोक्सुन्डो पुगेको फिल्म क्रू एक हप्ता बढी समय बिताएर बिहीबार काठमाडौं फर्केको हो।
शे–फोक्सुन्डो तालमा छायांकन गीतमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन्l भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
काठमाडौं र पोखरामा फिल्मको करिब दुई हप्ता छायांकन गरेपछि काम सकिने निर्माण पक्षले बताएको छ। फिल्म आगामी वर्षको भदौ १८ मा सार्वजनिक हुने घोषणा गरिसकिएको छ।
सुनिलकुमार थापाको लगानीमा बनेको 'ए मेरो हजुर ४' मा सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत र दीर्घ खड्काको सम्पादन छ।