मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा अनिशा शाक्य र प्रविण चापागाई विजयी भएको भएका छन्।
३४ जना युवा र ३२ जना युवतीबीचको प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरनहरुमा सजिएर आफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए।
प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अप तर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनौट भएका छन्।
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि.एण्ड मिस मल्टी मिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका छन्।
प्रतियोगितामा आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं संचारकर्मी सुरज सिंह ठकुरी, संचारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायकको भूमिकामा थिए।