रंगमंचका कलाकारको बाहुल्य रहेको वेब सिरिज 'ईओजी' (एरर्स अफ गड) को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सिरिज कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेका हुन्।
'ईओजी' यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानका कथा मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ। संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन्।
विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना, सरिताको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारले अभिनय गरेका छन्।
सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ।