जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले गीत सार्वजनिक गरेका छन्।
उनले मधेश सम्बन्धी ‘उठो मधेसी, जागो मधेशी’ गीत ल्याएका हुन्।
झाकै शव्द, संगीत र स्वरमा गीत सार्वजनिक भएको हो।
गीतको रचना गर्न झण्डै ५ वर्ष लागेको झाले सेतोपाटीलाई बताए।
गीतमार्फत् उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोजेका छन्।
'गीतका केही शब्दहरु २०७३ सालको असार-साउनमा लेखेको थिए। त्यतिबेलाम हामी ३२ दिने अनसनमा थियौं,' उनले भने, 'गीतलाई पूर्णता भने पार्टीमा किचलो देखिएपछि लेखेको हो। त्यही भएर गीतमा यो कुरा पनि समावेश छ।'
उनी गीत, संगितमा चासो राख्छन्। उनले मैथिली लेखेको गीतको भाव यस्तो छ। अहिलेको परिस्थितिमा पार्टीमा सगैं बस्न प्रेरणा मिलोस भनेर गीत सार्वजनिक गरेको उनको भनाइ छ।
हेर्नुस् भिडिओ: