‘धनियाँ के होली’ पश्चात् दिपा श्री निरौला निर्देशित र अभिनित ‘आँटीदे मैना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
कोरोनाका कारण फिल्म ठप्प भएपछि निर्देशक निरौला म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन्।
राजेन्द्र भट्ट (मिस्टर आरजे) को शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिपाश्री निरौला, सन्दिप क्षेत्री र निर्मल शर्माको अभिनय छ।
दिपालाई भिडियोमा पनि अविवाहित नारीको भूमिकामा प्रस्तुत गरिएको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुँमागाईंले छायाँकन गरेका हुन्। गीतमा स्वर सुगम पोखरेल र समिक्षा अधिकारीको छ ।
‘आँटी दे मैना’मा शब्द रचनामा आरजे र नवराज कलाउनेले सहकार्य गरेका छन्। जितेन्द्र स्वाँर कार्यकारी निर्माता रहेको भिडियो निर्माणमा झन्कर कुँवर र गोकुल कुँवरले लगानी लगाएका छन्। भिडियोको सम्पादन विपिन मल्लले गरेका हुन् ।
हेर्नुहोस् भिडिओ