रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट पुनः सुरू हुने भएको छ।
कोरोना भाइरस संक्रमणको कारण करीब दुई महिनादेखि रोकिएको शो आज शुक्रवारबाट सुरु हुन लागेको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए।
कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिको प्रस्तुति छायाँकन भइसकेको छ। छायाङ्कनका क्रममा सम्पूर्ण स्वास्थ्य–सुरक्षाका मापदण्डहरु पुरा गरिएको भण्डारीले जानकारी दिए।
सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन्।
कार्यक्रम प्रतयेक शुक्रबार र शनिबार राति ९ बजेदेखि कान्तिपुर टेलिभजिनबाट प्रसारण हुनेछ।