काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति नायिका जेनी कुँवरको शव फेला परेको छ। उनी सनराइज सिटीको उक्त अपार्टमेन्टमै बस्दै आएकी थिइन्।
‘उनको शव अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले भने।
जेनीले 'घायल', 'खरानी', 'हलचल', 'जिन्दगानी', 'मैदान', 'जीवनदाता' लगायत दर्जन फिल्ममा अभिनय गरेकी छन् ।