गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो।
बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको भिडिओ माइकल चन्दको निर्देशनमा तयार भएको हो।
माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडिओ उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो।
माया र पैसालाई आधार बनाएर लेखिएको गीतले जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व रहेको भाव बोकेको छ।