पल शाहले श्री पाण्डेसँग मिलेर नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन्।
डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत 'फूलकुमारी' भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन्।
गीतको भिडियोमा काठमाडौं उपत्यका आसपासका रमणीय ठाउँलाई समेटिएर छायांकन गरिएको छ। उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको 'फूलकुमारी' लाई ‘ट्वान्टीवान लभ’, ‘यु एन आई’ जस्ता सफल सिरिजका निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन् ।
विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापनको जिम्मा लिएको छ। गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्म एकैपटक सार्वजनिक गरिएको एसियन म्युजिक कम्पनीका प्रमुख निर्देशक ईश्वर गुरूङले जानकारी दिए।