गायक यश कुमार र गायिका सपनाश्रीको चर्चित ‘गीत तिम्रो मन बदलिएछ...’ लाई यश कुमारले नयाँ स्वरुपमा सार्वजनिक गरेका छन्।
यस गीतमा यशकुमारलाई गायिका मिलन नेवारले साथ दिएकी छन्। गीतमा यशकै शब्द र संगीत छ।
गीतको म्यूजिक भिडिओसमेत सार्वजनिक भएको छ। भिडियोमा सागर लम्साल, प्रिज्मा-प्रिन्सी खतिवडा, आकाश कार्की, जीवन नेपाल, रेशम बुढाथोकीलगायतको अभिनय देख्न सकिन्छ।
भिडिओमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ।
हेर्नुहोस् भिडिओ