पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेको नयाँ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न सफल भएको हो। दुई दिन नुपुग्दै १० लाख बढी भ्युज पाउन सफल गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ।
यसअघि संगीतकार अर्जुन पोखरेलको ‘नबोली नबोली' र 'काले केटा २' जस्ता गीतहरु पनि ट्रेन्डिङमा आएका थिए। 'काले केटा २' मा गायिका दुर्गाकै स्वर थियो।
मुस्ताङ र धम्पुसमा छायांकन भएको भिडियोमा पूजा र आकाशको जोडीको उपस्थितिले पनि गीतलाई चर्चामा ल्याएको हो। उत्सव दाहालको छायांकनमा बनेको गीतमा संगीत संयोजन रिदम कँडेलले गरेका छन्।