प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको ‘जिउनु छ साथमा’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
लोकप्रिय नायक पुष्प खड्का र प्रकृति घिमिरेको अभिनय रहेको भिडिओ रोमान्टिक लभ स्टोरीमा आधारित छ।
ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतको भिडिओ सुलेमान शंकर ‘ईकु’ले निर्देशन गरेका हुन्।
भिडिओलाई पवन सुस्लिङले खिचेका हुन् भने सम्पादन सन्देश शाहको छ।
मुस्कान ढकालको कन्सेप्टमा तयार भएको भिडिओमा शिशिर खातीको कोरियोग्राफी छ ।