अभिनेत्री बेनिशा हमाल शिक्षा सदनको ब्रान्ड एम्बेसडर बनेकी छन्। शिक्षा सदन एजुकेसन कन्सल्टेन्सीले पोखरामा शाखा सञ्चालनमा ल्याएको हो।
अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको शिक्षा सदनको काठमाडौं पुतलीसडकमा पनि कार्यालय छ। पोखराको नयाँ शाखा सिद्धार्थचोक नजिक सुन्दरमार्गमा खोलिएको हो।
उच्चशिक्षाका लागि अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा दिने उद्देश्यसहित पोखराका टीका भुर्तेलले गत वर्ष शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी स्थापना गरेका हुन्।
गत शुक्रबारदेखि सञ्चालनमा आएको शााखाद्वारा शनिबार औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। संस्थाका प्रबन्ध निर्देशक भुर्तेल र अभिनेत्री हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे। पोखरा शाखा सञ्चालनकै लागि अभिनेत्री हमाल पोखरा आएकी थिइन्।
ब्रान्ड एम्बेसडर हमालले संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै संस्थाको उन्नति र प्रगतिको कामना गरिन्। प्रबन्ध निर्देशक भुर्तेल शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धता व्यक्त गरे।
‘अस्ट्रेलिया पुगिसकेपछि चाहिने कुनै पनि सरसहयोगका लागि पनि हामी सेवा दिन गर्न हामी तत्पर हुनेछौं,’ निर्देशक भुर्तेलले भने।