प्रिज्वल नेपालीको नयाँ गीत सार्वजनिक भएको छ।
गायक प्रज्वलले आफ्नै युट्युब च्यानलबाट ‘मलाई पनि’ बोलको गीत सार्वजनिक गरेका हुन्।
श्याम नेपालीको शब्द रहेको गीतमा गायक स्वयंले संगीत भरेका हुन्।
हरेक व्यक्तिको जीवनमा आउने उतारचढाबलाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा कुनै परिस्थितिसँग असन्तुष्टि भएको व्यक्तिको भाव देखाइएको छ। गीतको भिडिओमा प्रसंशा रायमाझी र प्रिज्वल नेपालीलाई देख्न सकिन्छ।
गीतमा घोंग्बाको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १६:२७:५६