रजनीकान्त तथा अक्षयकुमार स्टारर साइफाइ सिनेमा '२.०'ले रिलिजको पहिलो साता विश्वव्यापीरूपमा पाँच सय करोड भारूको कमाइ गरेको छ।
सिनेमाको हिन्दी संस्करणलाई प्रस्तुत गरेका निर्माता तथा निर्देशक करण जोहरले ट्वीट गर्दै सो दाबी गरेका हुन्।
सिनेमा २९ नोभेम्बरमा रिलिज भएको थियो।
यसैगरी सिनेमाले चीनमा पनि ठूलो रिलिज पाउने भएको छ। आगामी वर्ष मेमा सिनेमा चीनका करिब ५६ हजार पर्दामा रिलिज हुने जनाइएको छ जसमा ४७ हजार पर्दामा फिल्मको थ्री डी संस्करण रिलिज हुनेछ।
सिनेमालाई चीनमा चीनमा हलिउड ठूला सिनेमाहरू वितरण गर्दै आएको एचवाइ मिडियाले रिलिज गर्दैछ।