गत वर्ष 'केदारनाथ' सिनेमाबाट बलिउडमा गतिलो डेब्यू गरेकी सारा अलि खानले छोटो समयमा अभिनेत्रीका रूपमा राम्रो चर्चा बटुलिन्। पहिलो सिनेमाबाट नै उनले राम्रो 'फ्यान फलोइङ्' बनाइन्।
उनको दोश्रो सिनेमा 'सिम्बा'ले पनि वक्सअफिसमा कमाल गर्यो। यसले गर्दा उनको चर्चा थप चुलियो। सिनेमामा सानो भूमिकामा पनि गतिलो काम गरेको भनेर उनले तारिफ पाइन्।
सारा बलिउड अभिनेता सैफ अलि खान तथा अमृता सिंहकी छोरी हुन्। यस वर्ष उनी निर्माता-निर्देशक करण जोहरले संचालन गर्ने चर्चित टिभी कार्यक्रम 'कफीवीथ करण'मा आफ्ना बाबु सैफसँग प्रस्तुत भइन्।
सो कार्यक्रममा उनले करियर स्थापित गर्न लागिरहेका कार्तिक आर्यनसँग डेट जाने चाहाना रहेको खुलासा गरिन। सँगै रहेका सैफले सो कुरामा खासै आपत्ति जनाएनन् तर एउटा चासो राखे र सोधे, 'के ऊसँग पैसा छ?'
यो सवाल सैफले ठट्टामा गरेका थिए या छोरीको बाबुको रूपमा त्यो खुल्न त सकेन तर उनले छोरीलाई पैसावाल हो भने ठीक छ भनेजस्तो भने अवश्य गरे।
सैफको सो किसिमको भनाइ आएपछि कार्तिकको जवाफ के हुनेछ? भन्नेमा धेरैको कौतुहल्ता थियो। सो कौतुहलताको जवाफ कार्तिक आर्यनले करणको सोही शो मार्फत दिएका छन्।
हाल आफ्नो आगामी सिनेमा 'लुकाछुपी'को प्रचारमा व्यस्त छन्। सोहीक्रममा उनी सिनेमाकी सहकर्मी कलाकार कृति सेननसँग करणको कार्यक्रममा पुगेका थिए। करणले त्यसैको मौका छोपे र उनलाई साराको डेट जाने प्रस्तावको बारेमा सोधे।
जवाफमा आर्यनले पैसा भएपछि अवश्य पनि सारालाई डेट जान्छौं भनेर सोध्ने जवाफ दिए।
साराको सो चाहना र आर्यनको पछिल्लो अभिव्यक्तिले कतै यी दुबै एकअर्कालाई साँच्चिकै डेट त गर्ने छैनन भनेर अडकल काट्न सुरू भएको छ।