यो शुक्रबार आलिया भट् तथा रणवीर सिंह स्टारर 'गलीं व्वाई' रिलिज हुँदैछ। सिनेमाले बनाएको हाइपले गर्दा सिनेमाले आलिया भट्को यस सिनेमाले यसअघि उनका सिनेमाले गर्ने गरेको पहिलो दिनको कमाइलाई उछिन्ने अनुमान गरिएको छ।
'शानदार' हालसम्म आलियाको सिनेमाले सर्वाधिक कमाइ गर्ने सिनेमाको पहिलो सूचिमा रहेको छ। सिनेमा फल्प भएपनि सो सिनेमाले १३.१० करोड भारू कमाइ गरेको थियो। यसमा क्रमश: 'बद्रीनाथकी दुल्हनिया', ' टु स्टेट्स', 'उडता पंजाब' तथा 'स्टुडेन्ट अफ द इयर' रहेका छन्। उनीहरूले क्रमश: १२.२५ करोड, ११.७५ करोड, १०.०५ करोड तथा ९ करोड भारू कमाइ गरेका थिए।
भ्यालेन्टाइन डेमा रिलिज हुने सिनेमाले दर्शकको गतिलो साथ पाउने अनुमान लगाइएको छ। सिनेमाले बर्लिन फिल्म फेस्टिवलमा प्रशंसा बटुलिसकेको छ।
सिनेमालाई जोया हख्तरले निर्देशन गरेकी हुन्।