'बाहुबली' सिनेमापछि विश्व मानचित्रमा भारतिय सिनेमाका अनुहार बनेका एसएस राजामौलीको आगामी सिनेमा 'आरआरआर' निर्माण घोषणा भएसँगै चर्चामा छ। सिनेमामा समकालिन दुई स्टार राम चरण र जुनियर एनटिआरको टिमअप भएपछि सिनेमालाई लिएर ठूलै कौतुहलता उठिसकेको छ।
सिनेमाले १० दिनको सुटिङ गत डिसेम्बरमा सकिसकेको छ। यसै सिनेमाको दोश्रो चरणको सुटिङ रामा राव स्टुडियोमा सुरू भइसकेको छ। सिनेमाको एक एक्सन सिनमा अभिनेता राम चरणले करिब एक हजार जनासँग एक एक्सन सिक्वेन्समा अभिनय गर्ने खबर सार्वजनिक भएको छ।
स्वतन्त्र भारतअघिको एक डाँकु र पुलिसको कथामा बन्दै गरेको भनिएको सिनेमाको यो एक्सन सिन भारतिय सिनेमामा अहिलेसम्मकै भव्य हुने बताइएको छ। सिनेमामा यसका अलवा अरू पनि ठूलै एक्सन दृश्य हुनेछन्। राम चरणमाथि फिल्माइने एक्सन सिनलाई एक अल्मुनियमको उध्योगमा खिचिनेछ।
यस एक्सन सिनका लागि हाल कलाकारहरूको छनौट धमाधम चलिरहेको छ। सिनेमामा आलिया भट् तथा परिणिति चोपडाले अभिनय गर्ने चर्चासमेत छ।
सिनेमामा जुनियर एनटिआर डकैतको भूमिकामा हुनेछन् भने राम चरण प्रहरीको भूमिकामा हुनेछन्।