बलिउडमा जीवन अनिश्चित छ। कोही सफलताको शिखर चढिसक्दा कोही असफलताको गहिराईमा भासिसक्छन्। सफल हुनेको जीवन त चम्किलो बन्छ तर असफल हुनेहरूका लागि जीवन कठिन बनिदिन्छ।
'गुलाल', 'पटियाला हाउस' र 'बेवकुफियाँ' जस्ता सिनेमामा काम गरेका सवी सिद्धु जीवन आजकल कठिन छ जसको कथाले आँखामा आँशु ल्याइदिन सक्छ। आजकल उनी सिनेमामा काम गर्न छोडेर जीवन निर्वाहका लागि सेक्यूरिटी गार्डको पेसा अपनाउन बाध्य छन्।
भन्छन्, 'संघर्ष गर्दागर्दै अनुराग कश्यपसँग भेटें, 'पाँच' सिनेमामा काम पाएँ। उनको यो पहिलो सिनेमा थियो, जो कहिल्यै रिलिज भएन। त्यसपछि उनले मलाई 'ब्ल्याक फ्राइडे'मा लिए, जहाँ मैले पुलिस कमिश्नरको प्रमुख भूमिका गरेको छु। उनको 'गुलाल' सिनेमामा पनि काम गरें। मैले यशराजसँग, सुभाष घईसँग र निखिल आडवानीसँग 'पटियाला हाउस' गरें।'
लखनउबाट स्कूले जीवन पूरा गरेका साभीले चण्डीगढमा स्नातक अध्ययन गर्दै गर्दा मोडलिङमा लागे। पछि कानुननमा स्नातक गर्न उनी लखनउ फर्किए। सोक्रममा उनले नाटकमा पनि काम गरे। उनलाई बच्चैदेखि अभिनयको भूत सवार थियो। त्यसैले उनका भाइले एयर इण्डियामा जागिर पाएपछि उनलाई मुम्बई आउन सजिलो भयो।
'मेरो भाइले एयर इण्डियामा जागिर पाएपछि मलाई मुम्बई आउन सजिलो भयो। त्यसपछि मैले जसरी अरूले संघर्ष गर्छन् त्यसरी नै संघर्ष गर्न सुरू गरें। थुप्रै निर्माताहरू भेटें', उनले भने।
उनले संघर्ष गरेपनि खासै सफलता उनको हात परेन। उनले आफूले सोचेजस्तो गर्न नसकेको जस्तो लागेपछि सिनेमा छोडेको बताउँछन्।
'कामको समस्या थिएन तर मैले छोड्नुपर्यो किनकी मैले सोचेजस्तो गर्न सकिरहेको थिइन। मेरा लागि के मलाई केहि छ त यहाँ? भन्ने जस्तो भयो। यहाँ कसैले यत्तिकै काम पाउँदैन तर मसँग यति काम थियोकी मैले गर्न सकिरहेको थिइन। मेरो स्वास्थ्य समस्या बढिरहेको छ। त्योसँगै मेरो आर्थिक समस्या पनि बढ्यो। जसै स्वास्थ्यमा समस्या बढ्यो तसै मेरो काम पनि खत्तम भयो', उनले भने।
यसक्रममा उनले जीवनका कठिन समयपनि देखें। ती व्यक्तिगत थिए। उनले श्रीमती गुमाए।
'सबैभन्दा कठिन त्यतिबेला भयो जब मैले मेरी श्रीमती गुमाएँ', उनले बताए।
त्यसपछि उनले बाबु र आमालाई पनि एकएक गर्दै गुमाए र उनका ससुराली तर्फका मानिसहरू पनि सकिए।
यसरी एकएक गर्दै उनका नीकट संसारबाट बिदा भएपनि उनी एक्लो हुन पुगे।
यस्ता निराशाको सामाना गर्नुपरेपछि उनले सिनेमामा काम गर्न सकेनन्। आजकल उनी प्रत्येक दिन एक हाउजिङमा सेक्यूरिटी गार्ड बनेर १२ घण्टा लामो डियूटी गर्छन्।
'आफ्ना निर्देशक-निर्मातासँग भेट्न जानलाई बस चढेर जाने पैसा मसँग छैन। यस्तो हालतमा छु म। कहि गएर फिल्म हेर्नु त मेरा लागि अब सपनाजस्तो भएको छ। हेर्न मनलाग्छ तर मेरो आर्थिक अवस्था यस्तो छ', उनले भने।
जीवन यो हालतमा पुगे पनि उनसले आशा अझैं मारेका छैनन्।
भन्छन्, 'उनीहरू मलाई पर्खिरहेका छन्, म आउनेछु।'