बलिउड अभिनेता अक्षय कुमार अभिनित पछिल्लो रिलिज 'केशरी' ले वक्स अफिसमा पाँच दिनमा करिब ८८ करोड भारू कमाइ गरेको छ।
सिनेमाले रिलिजको पहिलो दिन बिहिबार २१ करोड भारू कमाइ गरेको थियो भने शुक्रबार १७ करोड कमाउँदा शनिबार भने २० करोड कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यस्तै सिनेमाले आइतबार २२ करोड भारू कमायो। वक्सअफिसमा सिनेमाको कमाइ अझै उत्साहजनक छ। सिनेमाले सय करोडको आँकडा सजिलै पार गर्ने बताइएको छ।
सिनेमाले सोमबार ८ करोड बढिको कमाइ गरेको छ। दर्शकहरूले सिनेमालाई रूचाइरहेकाले यसको कमाइले निर्मातालाई राम्रै मुनाफा दिने अनुमान छ। सिनेमामा अक्षय कुमार तथा परिणिति चोपडा मुख्य भूमिकामा रहेका छन्।
सिनेमालाई भारतमा, त्यो पनि विशेषगरी उत्तरी भारतका दर्शकहरूले विशेष रूचाएका छन्।
सिनेमा 'सारागढीको युद्ध'मा आधारित ऐतिहासिक सिनेमा हो।। सिनेमा यस वर्ष रिलिज भइसकेका सिनेमामा सबैभन्दा ठूलो सुरूवाती व्यापार गरेको सिनेमा हो। सिनेमा संसारभरका कुल ४२०० पर्दामा रिलिज भएको छ।
करण जोहरले निर्माण गरेको यस सिनेमाका निर्देशक अनुराग सिंह हुन्।