रजनीकान्तको नयाँ सिनेमा 'दरबार'को पस्ट लुक रिलिज भएको छ। पोस्टर रिलिजभइसँगै सामाजिक संजालमा भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सिनेमामा रजनी एक प्रहरीको भूमिकामा देखिनेछन्। सिनेमा आगामी वर्ष रिलिज हुने अनुमान गरिएको छ। सिनेमाको सुटिङ बुधबारबाट मुम्बईमा सुरू हुनेछ।
सिनेमालाई 'गजनी' निर्देशक ए आर मुरूगदासले निर्देशन गर्नेछन्। सिनेमामा अभिनेत्री नयनतारा प्रमूख भूमिका देखिनेछिन्। रजनीसँग मुरूगदासको यो पहिलो सहकार्य हो भने सँगै काम गरेको ११ वर्षपछि पुन: रजनी र नयनतारा एकसाथ यस सिनेमामा देखिंदैछन्।