बलिउड फिल्म निर्माता बोनी कपुरले लोकप्रिय तमिल अभिनेता अजित कुमारलाई बलिउड सिनेमा खेल्न निम्तो दिएका छन्। अमिताभ बच्चन तथा तप्सी पन्नु स्टारर ब्ल्कबस्टर ‘पिकं’को तमिल रिमेक ‘नरकोडा पारवाई’को सुटिङका दौरान अजितको अभिनयबाट प्रभावित हुँदै बोनीले सो प्रस्ताव गरेका हुन्।
बोनी यसै सिनेमाबाट बलिउडपछि दक्षिण भारतीय सिनेमा उद्योगमा निर्माताका रूपमा सुरूवात गर्दैछन्। सिनेमामा अजित एक वकिलको भूमिकामा रहेका छन्।
‘नरकोडा परवाईको असम्पादित हेरें। खुशी भएँ। अजितको प्रदर्शन दमदार छ। आशा छ उनी छिट्टै हिन्दी सिनेमा गर्न राजी हुनेछन्। मसँग ३ एक्सन स्क्रिप्ट छन्, यसमध्ये एकमा काम गर्न उनी राजी हुनेछन्’, बुधबार ट्विट गर्दै बोनीले लेखेका छन्।
अजितले यसअघि शाहरूख खान अभिनित तथा निर्मित अशोकामा काम गरेका छन्।
बोनीले यस सिनेमाका अलावा अर्को एक सिनेमामा पनि अजिथसँग नै काम गर्नेछन् जसको सुटिङ् जुलाईबाट सुरू हुनेछ। सो सिनेमा भने आगामी वर्ष अप्रिल १० मा रिलिज हुनेछ।