२००८ मा ‘देशद्रोही’ नामक सिनेमाबाट बलिउडमा डेब्यू गरेका कमाल आर खान (केआरके) त्यसयता सिनेमाका कारण भन्दा पनि आफ्ना विवादित बयान र ट्वीटले चर्चामा आउने गर्छन्।
उनले गर्ने सिनेमाको समिक्षाले पनि उनलाई चर्चा दिलाइराख्छ।
उनले आइतबार फेरि बलिउड अभिनेता शाहरूख खानका बारेमा नयाँ बयान दिदैं सबैको ध्यान आकृष्ट गरेका छन्।ट्वीटमा उनले किन पछिल्लो पाँच वर्षमा शाहरुख खानले कुनै ठूलो हिट दिन सकेनन् भनेर आफ्नो राय राखेका छन्।
‘किन शाहरूख खानले पछिल्लो पाँच वर्षमा कुनै हिट दिन सकेका छैनन? उनी एक सुपरस्टार हुन्, राम्रा अभिनेता हुन्, एक राम्रा व्यापारी पनि हुन्। तर उनी राम्रो सिनेमा बनाउनेबारेमा म सबै जान्दछु भनेर सोच्दछन्। उनको समस्या यही हो’, ट्वीटमा केआरकेले लेखेका छन्।
केआरकेको यस बयानका बारेमा हालसम्म शाहरूखले कुनै प्रतिक्रिया जनाएका छैनन्। शाहरूख गत वर्ष ‘जिरो’मा देखिएका थिए तर सिनेमाले रिलिजपछि चर्को आलोचना खेप्यो। वक्सअफिसमा पनि सिनेमा चलेन।
अब यस्तो केआरकेको यो बयानलाई उनले कस्तो प्रतिक्रिया जनाउँछन्, त्यो भने हेर्न बाँकी छ।