झाँसीकी रानी लक्ष्मी बाईको जीवनीमा आदारित ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’बाट निर्देशकका रूपमा सुखद डेब्यू गरेकी कंकना रनौत यतिबेला भारतकी चर्चित नेत्री एवम अभिनेत्री जयललिथाको जीवनमा व्यस्त छिन्।
उनै कंगनाको सिनेमा लेखक के भी विजयन्द्र प्रसादले प्रशंसा गरेका छन्।
‘मेरा बारेमा कंगनाले राम्रो कुरा गर्नु आफैमा राम्रो कुरा हो। कमाइका हिसाबले अभिनेत्रीका लागि चुनौतीपूर्ण रहेको बलिउडमा कसैको सहयोगबिना सिनेमा बनाउने कंगना स्वनिर्मित अभिनेत्री हुन्’, उनले भने।
जयललिथाको जीवनीमा आधारित सिनेमा बनाउने खबर सार्वजनिक भएको केहि दिनमा आफ्नो वायोपिक आफै निर्देशन गर्ने घोषणा कंगनाले गरेकी थिइन्।
‘वायोपिकले मेरो जीवनको लक्ष्यलाई हेर्ने मौका दिनेछ। यो उद्योगलाई पर्दाफास गर्ने सिनेमा होइन। यहाँ सबै कुरा हुनेछन्। यो मेरो संघर्षमा आधारित हुनेछ, जुन नियमित होइन’, कंगनाले भनिन्।
जयललिथाको वायोपिक हिन्दी तथा तमिलमा निर्माण हुनेछ। तमिलमा सिनेमाको नाम 'थलाभी’ रहनेछ भने हिन्दीमा ‘जया’ हुनेछ।
सिनेमालाई केभी विजयन्द्र प्रसादे लेखेका हुन्। उनले यसअघि ‘बाहुबली’ सिरिज, ‘मणिकर्णिका’ तथा ‘बंजरंगी भाइजान’ लेखेका थिए।
जयललिथाको वायोपिकका अलावा कंगनालाई अश्विनी अयर तिवारी तथा एकता कपुरको ‘मेन्टल हे क्या’मा देख्न पाइनेछ।