पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौट र उनकी बहिनी रंगोली चंदेल बलिउड अभिनेत्री आलिया भट्ट तथा उनका परिवारमाथि खनिरहेका छन्।
उनीहरूले थुप्रै बयानमा आलिया र उनका परिवारको चर्को आलोचना गरेका छन्।
यस मामिलामा आलिया सुरूसुरूमा मौन रहे पनि पछिल्लो समय सटिक जवाफ फर्काउन थालेकी छिन्।
केहि दिन पहिले कंगनाकी बहिनी रंगोलीले ट्वीटरमा कंगनाले भट्ट परिवारको सिनेमा गर्न अस्वीकार गरेपछि हताश बनेका महेश भट्टले कंगनालाई चप्पल हानेको खुलासा गरेकी थिइन्।
यस्तै रंगोलीले आलिया र उनकी आमा सोनी राजदानको राष्ट्रियतामाथि प्रश्न उठाउँदै गैर भारतीयले भारतीय एजेण्डामा बोलेकोमा भारतीयहरूको बारेमा सोच्नुपर्ने बताएकी थिइन्।
यसै प्रकरणमा सोधिएको एक प्रश्नमा आलियाले कंगनाका दिदीबहिनीको यस हर्कतबाट आफू हैरान नभएको बताएकी छन्।
‘म नै यस्तो छु भने मेरो परिवार यो भन्दा १० गुणा परिपक्व र बलियो छ् म यो सबैमा आफूलाई सामेल गर्न चाहन्न। म खुशी छ र सकारात्मक्ताका साथ आफ्नो काम कडा गर्न चाहन्छु। यसरी म हरेक दिन आफूलाई अझ राम्रो कोशिस गर्छु’, आलियाले भनिन्, ‘मान्छे के भन्छन्, के भन्दैनन् भन्नेमा म ध?यान दिन्न। जसलाई जे भन्न मन लाग्छ उसलाई तर्यो भन्नेर अधिकार छ। तर म चुप लाग्छु किनकी यो मेरो स्वभाव हो।’