भारतको चुनाव आयोगले राम गोपाल वर्मा निर्देशित ‘लक्ष्मी एनटिआर’को प्रदर्शनमा रोक लगाएको छ।
सिनेमा आन्द्रप्रदेशका पूर्व मूख्य मन्त्री एन टी रामा रावको जीवनीमा आधारित रहेको छ।
आयोगले अर्को आदेश नभएसम्मका लागि सिनेमा प्रदर्शनमा रोक लगाइएको जनाएको छ। सिनेमा आज बुधबार रिलिज हुँदैथियो।
राज्यका मूख्य निर्वाचन अधिकारी गोपाल कृष्ण द्विदेदीले निर्वाचन आचार संहिताका कारण सिनेमाको प्रदर्शनमा रोक लगाउनुपरेको जनाएका छन्।
यस अघि निर्वाचन आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा तेलंगानाका मूख्यमन्त्री चन्द्रशेखर रावको जीवनीमा आधारित सिनेमाको प्रदर्शनमा पनि रोक लगाएको थियो।