चुनावमा प्रतिद्वन्दी हुनु स्वभाविक हो तर कहिलेकाँहि त्यो चुनावपछि पनि निक्कै लामो समयसम्म रहिरहन्छ।
सन् १९९१ को लोकसभा चुनाबमा दुई बलिउड हस्तीबीच यस्तै भयो। दुई राम्रा साथी एकअर्काविरूद्ध उभिएपछि उनीहरूबीच जीवनकाल भरी बोलचाल ठप्प भयो र दुश्मनी कहिल्यै मेटिन सकेन।
यस्तो दुश्मनी गर्ने सुपरस्टारहरू थिए- राजेश खन्ना र शत्रुघन सिन्हा।
सो समयमा राजेश खन्ना जहाँ जहाँ चुनाबी सभाको लागि जान्थे त्यहाँ उनलाई हेर्न र सुन्न चाहनेहरूको जनसागर हुन्थ्यो। उनलाई अन्य कुनै उम्मेदवारले टक्कर दिन सक्ने अवस्था थिएन। त्यसैले भारतीय जनता पार्टीले शत्रुघन सिन्हालाई दिल्लीको उप-चुनावमा आफ्नो प्रतिष्पर्धी बनायो।
सायद राजेशविरूद्ध चुनावमा खडा हुँदै गर्दा शत्रुघन सिन्हाले सोचेका पनि थिएनन होला एक चुनावले गर्दा एउटा मिल्ने साथी सँधैका लागि छुट्नेछ भनेर।
सुन्दा अजिब लाग्न सक्छ, राजेशलाई आफ्नो विरूद्ध शत्रूघनको उम्मेदवारी यो हदसम्म मनपरेन कि चुनाब जितेपछि उनी सिन्हासँग कहिल्यै बोलेनन्।
सिन्हाले आफ्नो आत्मकथा ‘एनिथिङ बट खामोश’मा यसको खुलासा गरेका छन्। सन् २०१६ मा यस किताबको विमोचनमा उनले यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती बताएका थिए।
उनले सो समय राजेशसँग खुल्ला रूपमा माफीसमेत मागेका थिए।
‘चुनाब हारेपछि म धेरै रोएको थिए। मेरो प्रचारमा आणवाडीजी एकपटक पनि आउनुभएन, यसले मेरो मन टुटेको थियो। त्यो समय मेरा लागि अत्यन्त खराब थियो। राजनीतिको क्रुर अनुहार मैले त्यतिबेला देखें’, उनले सो समयमा भनेका थिए।