'बाहुबली' फेम अभिनेत्री तमन्ना भाटियाले सिनेमाका लागि नयाँ नयाँ कुरा सिक्नु जरूरी भएको बताएकी छिन्।
उनले हाल आफ्नो नयाँ सिनेमा 'खामोशी'का लागि सांकेतिक भाषा सिक्नुपरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएकी हुन्।
यस थ्रिलर सिनेमामा उनी बोल्न नसक्ने पात्रको भूमिकामा देखिदैंछिन्।
'यस सिनेमाका लागि मैले केहि तयारी गर्नुपर्यो। मैले कार्यशाला गर्नुपर्यो सिनेमाको लागि सांकेतिक भाषा सिकें। यो सिकाइ रमाइलो रह्यो। आजकल हरेक सिनेमाका लागि केहि न केहि नयाँ सिक्नुपर्छ', उनले भनिन्।
सिनेमा मे ३१ मा रिलिज हुँदैछ।