बलिउड अभिनेता अभय देवलले मिडियामाथि गम्भिर आरोप लगाएका छन्। उनले पैसा नदिएसँग मिडियाले कसैको बारेमा पनि चाहेजसरी नचिच्याउने आरोप लगाएका छन्।
आफू अभिनित 'चपिस्टिक' सिनेमा रिलिजको पूर्वसन्ध्यामा उनले यस्तो बताएका हुन्।
'मिडियालाई पैसा तिर्नुपर्ने अवस्था रहेको वर्तमान समयमा पैसा नदिइ मिडियामा हल्लाखल्ला गर्न अत्यन्त कठिन छ', उनले भने।
उनी अभिनित 'चपिस्टिक' ३१ मेमा नेट फ्लिक्सबाट रिलिज हुँदैछ।
यसैगरी देवलले दर्शकहरू वास्तविक सिनेमाप्रति झूकाव राख्न थालिसकेकाले पछिल्लो समय बलिउडका ठूला सुत्रात्मक सिनेमा असफल भइरहेको बताए। उनी दर्शकहरूलाई यथार्थमा आधारित सिनेमातर्फ अनलाइन माध्यमले परिचित गराइराखेको बताउँछन्।
उनले आज बनाउन कोशिस गरिएजस्ता सिनेमा आफूले १०-१२ वर्ष पहिले नै गरेको बताए। उनले ती सिनेमाले नै आज त्यस्ता सिनेमा बनाउने प्रेरणा दिएको भनाइ राखे।
'मेरो विचारमा ती सिनेमा सहि समयमा आए। यदि नआउँदा हुन त आज यो परिवर्तन देखिदैन थियो होला', उनले भने।
देवलले 'मनोरमाःसिक्स फिट अन्डर', 'ओए लक्की,लक्की ओए', 'साघांई', 'देव डी' जस्ता सिनेमामा बाट भारतीय वैकल्पिक सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका छन्।