शुक्रबार सलमान खान तथा क्याटरिना कैफ स्टारर 'भारत' रिलिज हुँदैछ। त्यसैले यी दुबै आफ्नो सिनेमाको प्रचारमा जोडतोडका साथ लागिरहेका छन्।
यसैको सिलसिलामा एक टेलिभिजन अन्तरवार्तामा क्याटरिनालाई सलमान अभिनेता नभएको भए के हुन्थे? भनेर सोधिएको प्रश्नमा उनले रोचक जवाफ दिएकी छिन्।
उनले सलमानलाई परामर्शदाताको काम सुहाउने बताएकी छन्।
'सलमान खान धेरै ठट्टा गर्ने मान्छे हुन्। उनी मान्छेलाई ठाउँ दिदैं मान्छेको अध्ययन गर्छन्। 'टाइगर जिन्दा है' तथा 'भारत'मा काम गरेर मलाई यसको बानी परेको छ। सलमान धेरै खोजिनीति गर्ने मान्छेमा पर्दैनन', क्याटिनाले भनिन्।
यसैगरी क्याटरिनाले केहि अभिनेतामा रिहर्सलका दौरान निर्देशकलाई सुझाव दिने बानी भएपनि सलमान भने ठीक त्यसको विपरित निर्देशकबाट आफ्नो कमीकमजोरी निकाल्न लगाउँछन्।