वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ। उनको बैङ्लोरमा निधण भएको हो।
उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए। उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए।
सन् १९६० को दशकमा उनले 'यायाती'(१९६१), ऐतिहासिक 'तुगलक'(१९६४) जस्ता नाटकका लागि समालोचकहरूबाट तारिफ बटुलेका थिए। त्यो समयमा उनका तीन महत्वपूर्ण कृतिहरू- 'हयवदना'(१९७१), 'नगा मंडला'(१९८८) तथा 'तलेडेंगा'(१९९०)ले अन्तराष्ट्रिय ख्याति बटुलेका थिए।
उनले पछिल्लो समय 'एक था टाइगर' तथा 'टाइगर जिन्दा है' जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए।
उनको हिन्दीका अलावा कन्नड तथा अंग्रेजी भाषामा विशेष दख्खल थियो। उनले भारतको 'फिल्म एण्ड टेलिभिजन इन्स्टियूट, इण्डिया'को निर्देशकका रूपमा काम गर्नुका अलावा संगीत नाटक ऐकेडेमी र नेशनल एकेडौमी अफ पर्फर्मिङ आट्सको अध्यक्षका रूपमा समेत काम गरेका थिए।