अर्जुन कपुर हाल आफ्नो अगामी सिनेमा 'पानीपत'को तयारीमा व्यस्त छन्।
केहि समय अगाडि उनी घोडा सिक्दै गरेको तस्वीर सार्वजनिक भएको थियो। बुधबार सामाजिक संजालमा उनको एउटा अर्को तस्वीर सार्वजनिक भयो। तस्वीर सार्वजनिक भएसँगै अर्जुनले चर्चा बटुलिरहेको छ।
अर्जुनले 'पानीपत' सिनेमाका लागि बनाएको शरेिरको तस्वीर सार्वजनिक भएपछि उनले चर्चा बटुलेका हुन्।
सिनेमामा उनी एक योद्धाको भूमिकामा देखिदैछन्। शरिर गठिलो र घोडा सवारी गर्नुको रहस्य पनि यहि हो। सिनेमाका लागि उनले आफ्नो शरिरलाई बढाएका छन्, जुन तस्वीरमा पनि देख्न सकिन्छ।
सो तस्वीरमा सिनेमा उद्योग र बाहिरका मानिसहरूले अर्जुनको मेहेनतको प्रशंसा गरेका छन्। अर्जुनको यो तस्वीर सार्वजनिक भएसँगै मानिसहरूमा सिनेमालाई लिर उत्सुक्ता पनि बढ्न थालेको छ।
'पानिपत'मा अर्जुन कपुरका अलावा संजय दत्त र कृति सेननको प्रमूख भूमिका रहेको छ। सिनेमा पानीपतको तेश्रो लडाईंमा आधारित रहेको छ।
सिनेमाले १४ जनवरी, सन् १७६१ मा मराठा साम्राज्य तथा अफगानिस्तानका राजा अहमद शाह अब्दालीको सेनाबीच भएको युद्धको कथा पेस गर्नेछ।यस युद्धलाई १८ औं शदाब्दीको सबैभन्दा भयानक युद्धमध्ये एक मानिन्छ।
आशुतोष गवारीकरको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष ६ डिसेम्बरमा रिलिज हुनेछ।