हाल बलिउड अभिनेत्री कंगना रनौट आफ्नो आगामी सिनेमा 'जजमेन्टल हे क्या'का कारण चर्चा छिन्।
त्यस्तै यस क्रममा पत्रकार सम्मेलनमा पत्रकारसँग भिडेपछि थप विवादित पनि बनिन्। हालै उनी आफ्नो सिनेमाको प्रचारका लागि कपिल शर्माको कार्यक्रममा पुगिन्।
सोमा पुगेकी कंगनाले आफूलाई बलिउडका २ चर्चित कलाकारसँग काम गर्न मन लागेको खुलासा गरिन्। उनले अभिनेता रणवीर सिहं र विक्की कौशलसँग काम गर्ने चाहना रहेको बताएकी हुन्।
यी अभिनेतासँग काम गर्ने चाहनासँगै शोमा उनले गीतसमेत गाएकी थिइन्।
रणवीर सिंहसँग काम गर्ने चाहाना व्यक्त गरेकी कंगनाले केहि समय अगाडी भने उनकी पत्नी दीपिका पादुकोणको आलोचना गरेकी थिइन्। त्यतिबेला उनले दीपिकालाई लाज नभएको मान्छे भन्दै आलोचना गरेकी थिइन्।
यस्तोमा कंगनाको रणवीरसँगै काम गर्ने इच्छा पूरा हुन्छ हुँदैन त्यो भने समयले देखाउला।