यो दिनलाई नेपालको इतिहासमा विध्वंशको घडीका रूपमा सदापर्यन्त सम्झना गरिनेछ
२०८२ भदौ २४ गते।
जेनजी आन्दोलनको दोस्रो दिनलाई नेपालको इतिहासमा विध्वंशको घडीका रूपमा सदापर्यन्त सम्झना गरिनेछ।
राजनीतिक तख्ता पल्टाउने हरेक आन्दोलनले भविष्यका लागि एउटा मानक स्मृति छाडेर गएको हुन्छ। २०४६ को जनआन्दोलन सम्झिँदा आज पनि हामीलाई दरबारमार्गको महेन्द्र शालिकमाथि चढेर राजदण्ड झिकिरहेका युवकको तस्बिर याद आउँछ।
२०६२/६३ को दोस्रो जनआन्दोलन सम्झाउने मानक चक्रपथको नागबेली बाटोभरि उर्लिएको मानव सागर बन्यो।
गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनले छाडेको मानक स्मृति भने आगोको रातो लप्का र धुवाँको कालो मुस्लो छुटिरहेको सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनाहरू हुन्।
त्यस दिन काठमाडौंले राज्यका सबभन्दा शक्तिशाली र सुरक्षित मानिएका संरचनाहरू नै असुरक्षित बनेको एउटा असाधारण क्षण देख्यो।
अघिल्लो दिन भदौ २३ गते प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीहरू त्यस दिन बिहानैदेखि सडकमा ओर्लिएका थिए।
प्रदर्शनकारीको भीड केही घन्टामै सरकारी संरचनासम्म पुग्यो। संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयमा आगजनी र तोडफोड भयो।
विडम्बनापूर्ण त के थियो भने, सामान्य अवस्थामा राज्यको सबभन्दा कडा सुरक्षा हुने संरचनाहरू नै आगजनीको सिकार बनेका थिए। सेनाले सुरक्षा दिने सरकारी भवनहरूकै झ्यालबाट आगोका लप्का निस्किएका थिए।
लामो समयदेखि राज्यशक्तिको प्रतीकका रूपमा उभिएका भवनहरू केही घन्टामै आगो, धुवाँ र भग्नावशेषमा परिणत भएका थिए।
भदौ २४ का यी तस्बिरहरू त्यही असाधारण दिनको दस्तावेज हो — जब राज्यका बलिया मानिएका संरचनाहरू आगोमा थिए, सुरक्षा घेरा भत्किएको थियो र काठमाडौंले राज्यको कमजोर उपस्थितिको एउटा भयावह दृश्य देखिरहेको थियो।
-1788930066.jpg)
-1788930066.jpg)
-1788930065.jpg)
-1788930066.jpg)
-1788930066.jpg)
-1788930066.jpg)
-1788930065.jpg)
-1788930065.jpg)
-1788930065.jpg)
-1788930065.jpg)
-1788930065.jpg)
-1788930064.jpg)
-1788930064.jpg)