काठमाडौंको बबरमहलस्थित सडक विभागको भवन २०७२ को भुइँचालोपछि पुनर्निर्माण सम्पन्न भएको एक वर्षमै जेनजी आन्दोलन क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त भयो।
आन्दोलनको वर्ष दिन नाघिसक्दा पनि भवनको पुनर्निर्माण अघि बढ्न सकेको छैन।
अहिले थप क्षति नहोस् भनेर भवनका क्षतिग्रस्त संरचना त्रिपालले ढाकेर राखिएको छ।
लामो समयसम्म पुनर्निर्माण नहुँदा घाम, पानी र मौसमका कारण बाँकी संरचना पनि थप जीर्ण हुँदै जाने जोखिम देखिन्छ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त भवन पुनर्निर्माणपछि २०८० सालमा मात्रै सडक विभागले प्रयोगमा ल्याएको थियो।
तर पुनर्निर्माण सम्पन्न भएको करिब एक वर्षमै आन्दोलनको आगोले फेरि भवनलाई भग्नावशेषमा परिणत गर्यो।
हाल सडक विभागले आफ्नो काम अस्थायी कार्यालयबाट सञ्चालन गर्दै आएको छ।
पुनर्निर्माणमा ढिलाइ हुँदा करोडौं रुपैयाँ खर्चिएर बनाइएको सरकारी भवन अहिले त्रिपाल मुनि देखिन्छ।
तस्बिरहरूः
-ink-1790758731.jpeg)
-ink-1790758732.jpeg)
-ink-1790758730.jpeg)
-ink-1790758730.jpeg)
-ink-1790758731.jpeg)
-ink-1790758732.jpeg)
-ink-1790758731.jpeg)
-ink-1790758731.jpeg)
-ink-1790758731.jpeg)
-ink-1790758730.jpeg)
-ink-1790758730.jpeg)